मौसमविद् भन्छन्-केही दिन अझै अधिकतम तापक्रम बढ्छ

नेपालभ्युज

मौसमविद् भन्छन्-केही दिन अझै अधिकतम तापक्रम बढ्छ
फाइल तस्वीर

काठमाडौं ।  नेपालका अधिकांश स्थानमा अधिकतम तापक्रम अझै केही दिन रहने मौसमविद्हरुले बताएका छन् । केही दिनयता तातो हावा तथा लू देशभरका अधिकांश स्थानमा देखिएको बारेमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मौसमविद्हरुले यस्तो चेतावनी दिएका हुन् । कार्यक्रममा बोल्दै मौसमविद् शान्ति कँडेलले यस वर्ष अधिकांश भूभागमा सरदर भन्दा कम वर्षा हुने र सरदर भन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताईन् ।

उनले न्युनतम तापक्रम पनि सरदर भन्दा धेरै बढी हुने देखिएको बताईन्। उनले नेपालमा १३ जुनबाट मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन नेपालमा हिट वेब हुने र त्यसपछिका केही दिनलगत्तै पुनः हिट वेब बढ्ने अवस्था रहेको बताईन् ।

‘यस वर्ष अधिकांश भूभागमा सरदर भन्दा कम वर्षा हुनेछ । वर्षा कम हुने देखिएको छ । अधिकतम तापक्रम सरदर भन्दा बढी अधिकतम तापक्रम हुने देखिएको छ । यो अझै धेरै समयसम्म रहन्छ । त्यस्तै न्युनतम तापक्रम पनि सरदर भन्दा धेरै बढी हुने देखिएको छ’ उनले भनिन्, ‘नेपालमा मनसुन प्रवेश गर्ने भनेको १३ जुन हो, अब एक दुई दिनमा पूर्वी भूभागमा वर्ष हुनेछ भने १६ तारिखदेखि वर्षा हुने देखिएको छ । हिट वेब अझै केही दिन लम्बिनेछ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले गर्मीबाट बच्नका लागि परोपकारी संस्थाहरुले ठाउँ ठाउँमा माटोको भाँडाहरुमा पानी राखेर खुवाउने, सातु खुवाउने, कागतीहरु हालेर पानी खुवाउने र मोहीहरु खुवाउने विधिलाई अघि बढाउन जरुरी रहेको बताए । उनले यसमा सरकार र प्राधिकरणले पनि सहयोग गर्ने बताए । उनले यस्तो स्थितिमा परोपकारी संस्थाहरुको भुमिका महत्वपूर्ण रहने बताए ।

‘परोपकारी संस्थाहरुले ठाउँ ठाउँमा माटोको भाँडाहरुबाट कपडाले बेरेर पानी खुवाउने, बरफहरु हालेर खुवाउने, सातु खुवाउने, कागतीहरु हालेर खुवाउने, मोहीहरु खुवाउने यो धर्मको हिसावबाट पनि गर्ने गरिन्छ । यसलाई पनि हामीले अघि बढाउनुपर्छ’ उनले भने, ‘यसमा परोपकारी संस्थाको ठूलो भुमिका हुन्छ, समुदायमा यस किसिमका गतिविधि गर्न जरुरी छ । पालिकामुखी भएर काम गर्न जरुरी छ । यसमा छिटो छरितो टिम बनाएर जानुपर्छ, हरियाली बनाउन बिरुवा रोप्ने काममा पनि हामी लाग्नुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved