निश्चित घरानालाई करमा छुट दिने गरी सरकारले बजेट ल्यायो : सांसद गैरे

नेपालभ्युज

निश्चित घरानालाई करमा छुट दिने गरी सरकारले बजेट ल्यायो : सांसद गैरे

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले निश्चित घरानालाई करमा छुट दिने गरी सरकारले बजेट ल्याएको आरोप लगाउँदै आपत्ति जनाएका छन्  । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले आफैंले प्रस्तुत गरेको नीति, कार्यक्रम र सिद्धान्त विपरित अर्थमन्त्री प्रकाशशरण महतले  ल्याएको बजेटले सबै क्षेत्रलाई निराश बनाएको जिकीर समेत गरे भयो ।

सांसद गैरेले सरकारले ल्याएको बजेटलाई ‘जब्बरजस्ती फुकेको बेलुन’सँग तुलना गर्दै कुनै पनि दिन फुटने र देश बर्बाद हुने बताए ।  ‘गत वर्ष जस्तो सिसिटिभी फुटेज हराउने छैन । मुसाले तार काटने छैन । तर आज पनि हामी समाचार सुनिरहेका छौं–कि आज पनि निश्चित घरानाहरुलाई करको दरमा छुट दिने गरी बजेट आएको छ भन्दा हामीलाई दुःख लागेको छ । गाडी खरिद गर्नेहरुलाई, कुनै विदेशी सामान आयात गर्नेहरुलाई आज रातारात करोडौं कमाउने गरी करका दायराहरु लिकेज भएको समाचार आएका छन’ उनले भने,  ‘म दुःख व्यक्त गर्न चाहन्छु । म अर्थमन्त्रीजीको ध्यानाकर्षण गर्दै भन्न चाहन्छु–तपाईले प्रस्तुत गरेको नीति विपरित, सिद्धान्त विपरित, तपाईले प्रस्तुत गरेको नीति, कार्यक्रम विपरित, तपाईले यो रोष्टमबाट सबै जनतालाई हेर्छ सरकारले भनेको दिएको अभिव्यक्ति विरुद्ध ल्याएको बजेट जब्बरजस्ती फुकिएको बेलुन हो । र, त्यो कुनै पनि दिन फुटन सक्छ ।’

सांसद गैरेले सबै जिल्लालाई समानुपातिक ढंगले बजेटको व्यवस्था नगरे सरकारविरुद्ध संसद भवनमै आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved