भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित ३ पदाधिकारी दोषी ठहर

नेपालभ्युज

भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित ३ पदाधिकारी दोषी ठहर

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले अख्तियारले दायर गरेको मुद्दामा उनिहरुलाई दोषी ठहर गरेको हो ।

व्यापारीहरुलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा आयोगका तत्कालिन सदस्य सचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई कर फर्छ्यौट आयोगमार्फत अदालतले दोषी ठहर गरेको हो ।

विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार आगामी २५ गते सजाय निर्धारणका लागि पेशी तोकिएको छ । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्था भएकाले २५ गतेका लागि छुट्टै पेशी तोकिएको उनले बताए  ।

कर फस्यौंट आयोगका पदाधिकारीहरुले ३० अर्ब ५२ करोड रुपैंया कर विवाद फस्यौंट गरी ९ अर्ब ५४ करोड रुपैंया मात्रै असुल गर्ने निर्णय गरेका थिए ।

तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले २०७१ सालमा कर फर्छ्यौट आयोग गठन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved