बजेटबारे ओलीको प्रतिक्रिया- आर्थिक समस्याको समाधान दिन सक्दैन

नेपालभ्युज

बजेटबारे ओलीको प्रतिक्रिया- आर्थिक समस्याको समाधान दिन सक्दैन

काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिन नसक्ने बताएका छन् । सोमवार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले अहिलेको बजेटले आर्थिक संकटको  समाधान नदिने बताएका हुन् ।

उनले बजेटले संकट दर्शाएको भएपनि संकटको समाधान केही पनि नदिने प्रतिक्रिया दिए। उनले भने, ‘बजेटले संकट दर्शाउछ तर संकटको समाधान केही पनि दिदैन।’

उनले सरकारले ल्याएको बजेटको बारेमा विस्तृत रूपमा पछि धारणा सार्वजनिक गर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved