भौतिक पूर्वाधारमा १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन

नेपालभ्युज

भौतिक पूर्वाधारमा १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।

उनले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेको बताए । सरकारले भौतिक पूर्वाधार मन्त्रालयको चालु आर्थिक वर्षको भन्दा आगामी वर्षको ३० अर्बले बजेट घटेको छ । त्यस्तै सरकारले नारयणगढ बुटबल खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए । उनले पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तिब्रता दिइने बताए ।

उनले नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताए । उनले कमला –ढल्केवर,पथलैया वुटवल,गोरूसिङ्गे, काकडभिट्टा,लौकही, पथलैया,नारायणगढ र लमही–भालुवाङ्ग सडक खण्डको स्तरोन्नति शुरू गरिने भएको बताए । नारायणी नदी र तिनाउ नदीमा पुल निर्माण शुरू गर्ने बताए । उनले पूर्व–पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन गरेको बताए।

उनले नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने बताए ।
सरकारले राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्लाको सिमीकोटलाई आगामी आर्थिक वर्षमा सडकले जोडिने बताए। उनले जसका लागि ९७ करोड विनियोजन गरिएको बताए । उनले कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण गरिने बताए।

उनले सरकारले राजमार्ग र रणनीतिक सडक अन्तर्गत आगामी आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने बताए । अर्थमन्त्री महतले पुल निर्माणका लागि २ अर्ब ८ करोड विनियोजन गरेको बताए । उनले सूर्यविनायक धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम समेत सरकारले विनियोजन गरेको बताए। अर्थमन्त्री महतले काठमाडौं चक्रपथको कलंकी बसुन्धरा खण्डको सडक बिस्तार तथा निर्माण कार्यलाई तिब्रता दिन २ अर्ब ७ करोड छुट्याएको बताए ।

उनले राष्ट्रिय राजमार्गमा आवश्यकतानुसार फ्लाइओभर र अन्डरपास निर्माण गरिने, ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताए । उनले काठमाडौंका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाईट जडान गरिने बताए । उनले सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइने बताए । सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्युनिकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved