केही ठाउँमा भारी वर्षाको सम्भावना,  सचेत रहन आग्रह

नेपालभ्युज

केही ठाउँमा भारी वर्षाको सम्भावना,  सचेत रहन आग्रह
सांकेतिक तस्वीर

काठमाडौं । नेपालमा केही दिनदेखि सक्रिय रहेको पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभावले पानी परिरहेको छ ।

सबै ठाउँमा एकनाशले पानी परेको छैन तर केही ठाउँमा भने भारी वर्षा भइरहेको छ । आज आइतबार पनि देशका केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ-गर्जन-चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

मेघ-गर्जन-चट्टयाङ्ग सहित भारी वर्षाको जोखिमबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved