सदनमा अवरोधपछि सांसद दाहाल भन्छन् – जलहरीबारे मैले होइन ओलीले जवाफ दिनुपर्छ

उनको आरोपकै बहनामा एमालेले संसद बैठक अवरुद्ध गरेपछि दाहाल भने त्यति बेला नै आएका विषय नै उठाएको बताउँछन्। उनी भन्छन्, ‘‘१० किलो सुन घटी भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ, त्यस बेला के भएको हो भनेर केपी ओलीले जवाफ दिनुपर्छ।’’

नेपालभ्युज

सदनमा अवरोधपछि सांसद दाहाल भन्छन् – जलहरीबारे मैले होइन ओलीले जवाफ दिनुपर्छ
फाइल फोटो

काठमाडौं। नेकपा एमालेका भनाइ असंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरेपछि यसको जवाफ आफूले नभई एमाले अध्यक्ष ओलीले लिनुपर्ने लेखनाथ दाहाल राजनले बताएका छन्।

एमालेले दूधको दूध, पानीको पानी छुट्टाउनुपर्ने भन्दै विषय नटुंगिँदासम्म सदन चल्न नदिने बताइरहँदा आरोप लगाउने सांसद दाहाल भने आफ्नो भनाइप्रति अडिग छन्।

दुई वर्षअघि नै पशुपतिमा जलहरीमा तोकिएको परिमाणभन्दा कम सुन भएको भन्दै महालेखाले प्रश्न उठाएको थियो। सिन्धुली २ बाट निर्वाचित माओवादी केन्द्रका सांसद दाहालले बुधबारको संसद् बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पशुपतिमा पित्तलको जलहरी हालिएको भन्दै धारणा राखे।

‘‘पशुपतिनाथमा सुनको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएर गरेका भ्रष्टाचारहरूका सयौँ यस्ता काण्ड छन्,’’ उनले भनेका थिए।

उनको आरोपकै बहनामा एमालेले संसद बैठक अवरुद्ध गरेपछि दाहाल भने त्यति बेला नै आएका विषय नै उठाएको बताउँछन्।

उनी भन्छन्, ‘‘१० किलो सुन घटी भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ, त्यस बेला के भएको हो भनेर केपी ओलीले जवाफ दिनुपर्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved