चिकित्सा शिक्षा : आउनेभन्दा जाने दोब्बर

नेपालभ्युज

चिकित्सा शिक्षा : आउनेभन्दा जाने दोब्बर

काठमाडौं । चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर सङ्ख्यामा नेपाली विद्यार्थी विदेश जाने गरेका छन् । चिकित्सा शिक्षा आयोगले मंगलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले यस आर्थिक वर्षमा चार सय २१ जना विदेशी विद्यार्थी नेपाल आएका र नौ सय ७२ जना नेपाली विद्यार्थी अध्ययनका लागि बाहिरिएको बताए ।

उनका अनुसार स्नातकोत्तर तहमा १५ जना र स्नातक तहमा चार सय छ जना विदेशी विद्यार्थी नेपालका विभिन्न शिक्षण अस्पताल तथा कलेजमा अध्ययन गरिरहेका छन् । नेपालमा भारत, ब¬ङ्गलादेश, माल्दिभ्स, अमेरिकाबाट अध्ययनका लागि विद्यार्थी आउने गरेका छन् ।

यसैगरी आयोगले नेपालबाट विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि फेलोसिपमा पाँच जना, स्नातक तहमा सात सय एक जना र स्नातकोत्तर तहमा दुई सय ६६ जनालाई अध्ययन अनुमति दिइएको छ ।

आयोगका उपाध्यक्ष प्रा डा गिरीले यही जेठ ८ गते बसेको आयोगको बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षासम्बन्धी शिक्षण संस्थाको आशयपत्र र सम्बन्धन अनुमोदन गरिएको जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved