भारतीय प्रधानमन्त्री मोदी सिड्नीमा, अल्बानीजसँग द्विपक्षीय भेटवार्ता

नेपालभ्युज

भारतीय प्रधानमन्त्री मोदी सिड्नीमा, अल्बानीजसँग द्विपक्षीय भेटवार्ता

सिड्नी ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पपुवा न्यु गिनीको भ्रमण सकेर सिड्नी आइपुगेका छन् । सिड्नी आइपुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतका लागि अस्ट्रेलियाली उच्चायुक्त ब्यारी ओफरेल र अन्य अधिकारीहरूले स्वागत गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानीजसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

उनीहरूको द्विपक्षीय भेटमा बृहत् आर्थिक सहयोग सम्झौतामार्फत दुई देशबीचको व्यापारलाई बढावा दिने प्रयास लगायत व्यापार र लगानीका विषयमा छलफल गर्ने बताइएको छ त्यसैगरी दुई देशका जनस्तरको सम्बन्ध, नवीकरणीय ऊर्जा एवं सुरक्षा सहयोगलाई थप मजबुत बनाउने विषयमा पनि छलफल केन्द्रित हुने अष्ट्रेलिया सरकार द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भ्रमणका क्रममा भारतीय डायस्पोराका सदस्यहरूले “भारत माता की जय” र “वन्दे मातरम” भन्दै प्रधानमन्त्री मोदीलाई स्वागत गरेका थिए । दुई देशका प्रधानमन्त्रीहरूले सिड्नीमा भारतीय डायस्पोराहरूले आयोजना गर्ने बहुसांस्कृतिक कार्यक्रममा भाग लिनुहुनेछ ।

यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले नयाँ दिल्लीमा सेप्टेम्बरमा आयोजना हुन लागेको आर्थिक सहयोगका लागि विश्वको प्रमुख मञ्च जी-२० का नेताहरूको शिखर सम्मेलन भारत भ्रमण गर्न उत्सुक रहेको पनि बताएका छन् ।

पपुवा न्यु गिनीको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री मोदीले आज आफ्ना समकक्षी जेम्स मारापेसँग संयुक्त रूपमा फोरम फर इन्डिया-प्यासिफिक आइल्याण्ड्स कोअपरेसनको तेस्रो शिखर सम्मेलनमा भाग लिएका थिए।

यसअघि उनले जापानमा आयोजित जी-७ उन्नत अर्थतन्त्रको शिखर सम्मेलनमा भाग लिनुका साथै विश्वका थुप्रै नेताहरुसँग द्विपक्षीय भेटघाट गरेका थिए । हिरोशिमामा भएको जी-७ शिखर सम्मेलनको छेउमा क्वाड शिखर सम्मेलन पनि आयोजना गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved