नक्कली शरणार्थी प्रकरण :

साढे २७ करोड बिगो दाबी हुने प्रहरीको राय, पक्राउ नपरेकामाथि पनि अनुसन्धान जारी रहने

अनुसन्धानका क्रममा तत्कालका लागि साढे २७ करोड बराबरको लेनदेनको हिसाबकिताब देखिएको हो। नक्कली शरणार्थी प्रकरणमा जोडिएका ३३ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय छ।

नेपालभ्युज

साढे २७ करोड बिगो दाबी हुने प्रहरीको राय, पक्राउ नपरेकामाथि पनि अनुसन्धान जारी रहने

काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा संलग्न भएकाहरू ३३ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको नेपाल प्रहरीले यो मुद्दामा साढे २७ करोड बराबरको बिगो कायम हुने निष्कर्ष निकालेको छ। १ सय १३ जनाले दिएको २३ वटा जाहेरीको आधारमा यो रकम बराबरको बिगो कायम हुने प्रहरीको अनुसन्धान प्रतिवेदनमा छ।

अनुसन्धानका क्रममा तत्कालका लागि साढे २७ करोड बराबरको लेनदेनको हिसाबकिताब देखिएको हो। नक्कली शरणार्थी प्रकरणमा जोडिएका ३३ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय छ।

१२ चैतबाट प्रहरीले थालेको अनुसन्धान सोमबार पूरा गरी प्रहरीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस भएको हो। प्रहरीको प्रतिवेदन अध्ययन गरेर अब सरकारी वकिलको कार्यालयले उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर गर्नेछ।

ठगी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ३३ जनालाई राज्यविरुद्धको, ठगी र सङ्गठित अपराध गरी तीन खालका मुद्दा चलाउनुपर्ने राय प्रहरीको छ। प्रहरीले सोमबार सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको हो। ३३ मध्ये १६ जनालाई प्रहरीले पक्राउ परेका छन्। बाँकी १७ जना अहिले फरार छन्।

शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझायो

रायमाझी, खाण र बहालबाला सचिव टेकनारायण पाण्डेलाई भ्रष्टाचारको विषयमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने राय पनि प्रहरीले दिएको छ। त्यस्तै, सार्वजनिक पद धारण गरेका बाहेकको हकमा भने अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखी पठाउने राय पनि प्रहरीले दिएको छ। उनीहरुविरुद्ध किर्ते गरेको विषयमा भने मुद्दा चलाउनेबारे प्रतिवेदनमा उल्लेख छैन।

अहिले कसुरदार देखिएकाहरूको हकमा प्रतिवेदन पठाइएको र यो प्रकरणमा अन्य व्यक्तिहरू पनि जोडिएको हुन सक्ने प्रहरीको आशंका छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म प्रमाण भेटिएकाहरूको अनुसन्धान प्रतिवेदन बुझाए पनि थप व्यक्तिहरूमाथिको अनुसन्धान जारी रहने बताए।

‘‘अनुसन्धानको क्रममा वस्तुनिष्ठ कारण र तथ्य भेटिए फेरि पनि मुद्दा अघि बढ्छ । हामीले अनुसन्धानको काम अझै जारी राख्छौँ,’’ उनले सञ्चारकर्मीहरुसँग भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved