महिलाका लागि यस्ता छन् मेथीका फाइदा

नेपालभ्युज

महिलाका लागि यस्ता छन् मेथीका फाइदा

एजेन्सी । प्रोटिन, फाइबर, क्याल्सियम, आइरन, फस्फोरस, पोटाशियम, जिंक, भिटामिन तथा मिनरलहरुले भरिपूर्ण मेथी महिलाहरुको स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ । आउनुहोस् जानौं यसका फाइदाहरुका बारेमा–

  • स्तनपान गराइरहेका महिलाहरुका लागि मेथीको दाना एकदमै फाइदाजनक हुन्छ । यसबाट बनेको चिया पिउँदा दुध धेरै आउँछ ।
  •  गर्भावस्थाका महिलाहरुले पनि मेथीको पानी वा चिया बनाएर पिउन सक्छन् । यसले हर्मोन ब्यालेन्स हुनुका साथै मुड स्वींग हुँदैन । यसमा आइरन हुने भएकाले रगतको कमी पनि हुँदैन ।
  •  महिनावारीको समयमा हुने दुखाईका लागि पनि मेथी एकदमै लाभदायक हुन्छ । यसको सेवनले रगत संचालन राम्रो हुन्छ साथै दुखाई पनि कम हुन्छ ।
  •  रगतमा चिनीको मात्रालाई सन्तुलित बनाउनका लागि पनि मेथीको दाना एकदमै लाभदायक हुन्छ । मधुमेहका रोगीहरुका लागि सुगर कम गर्ने रामवाण तरिका हो । रातमा मेथीलाई भिजाएर राख्ने र बिहान खालीपेट यसलाई चबाएर खान सकिन्छ ।
  •  कब्जीयतका लागि पनि मेथी एकदमै राम्रो हुन्छ । यसको सेवनले पाचन प्रक्रिया राम्रो हुन्छ जसले गर्दा कब्जियत, ग्यास, अपचको समस्या रहँदैन ।
  • मेथीको नियमित सेवनले महिनावारीमा हुने गडबडी पनि निको हुन्छ । मेथी दानामा पाइने गुणहरुले महिलाको महिनावारी नियमित बनाउन सहयोग गर्दछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved