७० करोड हिनामिनाको आरोप लागेका नगरप्रमुख बेपत्ता !

नेपालभ्युज

७० करोड हिनामिनाको आरोप लागेका नगरप्रमुख बेपत्ता !

काठमाडौं। आफू संलग्न सहकारीको ठूलो रकम हिनामिना गरेको आरोप लागेका बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कमा नरहेको बुझिएको छ।

उनीमाथि ७० करोडभन्दा बढी रकम हिनामिनाको आरोप लागेको छ। गएको शुक्रबारदेखि नगर प्रमुख नेपाली सम्पर्कमा नभएको स्थानीयले बताएका छन्। बागलुङ प्रशासनले पनि उनी सम्पर्कमा नभएको पुष्टि गरेको छ।

स्रोतका अनुसार प्रशासनले उनी देश छाडेरसमेत जानसक्ने अनुमान गर्दै विमानस्थलसहित देश बाहिर जाने स्थलमार्ग अन्तर्गतका नाकामा निगरानी बढाएको छ । नगर प्रमुख नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थामा तरलता नभएको भन्दै वैशाख ९ गतेदेखि नै सूचना टाँस गरिएको छ।

सहकारीको कार्यालयमा दैनिक भुक्तानी माग्न बचतकर्ता आउन थालेपछि नेपाली आफैंले ७० करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको र आफ्नो निजी सम्पत्ति बिक्री गरेर पनि फिर्ता गर्ने बताएका थिए ।

एक महिनादेखि उक्त सहकरीका बचतकर्ताले बढीमा ५ हजार मात्रै फिर्ता पाउँदै आएको र हाल उक्त रकमसमेत दिन छाडेको बुझिएको छ। सहकारीले चल्तीको भन्दा बढी प्रतिशत व्याज दिने भनेपछि स्थानियले करोडौं रकम बचत गरेका थिए ।

नगरप्रमुख नेपालीले मानसिक तनाव बढेकाले उपचारका लागि विदेश जाने तयारी गरेको कुरा साथीभाइ र प्रहरीलाई समेत बताउँदै आएको पनि खुलेको छ।

नेपालीले उपप्रमुख धनबहादुर कायतलाई कार्यवाहक दिएको समेत बुझिएको छ। यसअघि, विज्ञप्तिमार्फत नगरप्रमुखलाई ३ वर्ष अगाडिदेखिको हिसाब देखाउन भनिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved