‘एसी’ बाट अचानक बाहिर आउँदा कस्तो असर हुन्छ

नेपालभ्युज

‘एसी’ बाट अचानक बाहिर आउँदा कस्तो असर हुन्छ

एजेन्सी । त्यसो त एसीले हरेक कोणबाट जाडो वा गर्मीमा शरीरलाई राहत दिने काम गर्छ । गर्मी मौसममा अत्यधिक तापक्रमबाट जोगिनका लागि एसी एकदमै उपयोगी हुन्छ ।

शरीरलाई गर्मीबाट राहत दिन र छालालाई सुख्खा हुनबाट जोगाउनका लागि एसीको हावामा बस्नु फाइदाजनक हुन्छ । तर एसीको धेरै प्रयोग गर्दा तपाईंलाई गम्भीर नोक्सान पनि हुन सक्छ । प्रायः कतिपय व्यक्ति एसीको हावाबाट अचानक बाहिर गर्मीमा निस्कन्छन् । जसकारण शरीरलाई तापक्रम एडजस्ट गर्न गाह्रो हुन्छ ।

कार, घर होस् वा अफिस जस्ता ठाउँबाट अचानक एसीको हावाबाट बाहिर निस्कँदा समस्या हुन सक्छ । यस्तो अवस्थामा तपाईंलाई रुघाखोकी लगायत अन्य समस्याहरुको खतरा रहन्छ ।

एसीको हावाबाट अचानक गर्मीमा जाँदा यस्ता समस्याहरुको खतरा हुन्छ–

१. जब तपाईं एसीको चिसो हावामा बसिरहनुभएको हुन्छ र अचानक बाहिरको गर्मीमा जानुहुन्छ भने यसले समस्या निम्त्याउन सक्छ । यसरी अचानक शरीरमा आउने तापक्रमको परिवर्तनले विभिन्न खाले इन्फेक्शन हुने खतरा हुन्छ ।

२. एसीको हावाबाट अचानक तातो हावामा निस्कँदा तपाईंको शरीरको तापक्रम पनि अचानक बढ्न थाल्छ जसले गर्दा तपाईंलाई रुघा लाग्न सक्छ । रुघा वा इन्फेक्शनबाट बच्नका लागि तपाईं एसीको हावामा बसिरहेको बेला अचानक धेरै गर्मीमा निस्कन हुँदैन ।

३. एसीको चिसो हावाबाट अचानक बाहिर जाँदा स्वासप्रस्वाससँग जोडिएका विमारीहरुको खतरा हुन सक्छ । जसले गर्दा नाक बन्द हुने तथा राइनाइटिसको समस्या देखिन सक्छ ।

४. एसीको चिसो हावाबाट अचानक बाहिर जाँदा तपाईंको आँखामा पनि नराम्रो असर पर्न सक्छ । अचानक तापक्रममा परिवर्तन आउँदा आँखा सुख्खा हुने सम्भावना हुन्छ । जसले गर्दा आँखा चिलाउने जस्तो समस्या हुन्छ ।

एसीको हावामा आनन्द प्राप्त भए पनि धेरै लामो समय एसीमा बस्नबाट बच्नुपर्दछ । त्यसैले एकदमै कम तापक्रममा एसी चलाउनु पर्दछ । एसीको सरसफाई नहुँदा पनि स्वास्थ्य सम्बन्धी कैयौं समस्याहरु आउन सक्छन् । त्यसैले समय समयमा एसीको सरसफाई पनि गर्नु पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved