ग्राहकको खाताबाट डेढ करोड भन्दा बढी ठगी,बैंकका शाखा प्रमुखसहित ९ जना पक्राउ

नेपालभ्युज

ग्राहकको खाताबाट डेढ करोड भन्दा बढी ठगी,बैंकका शाखा प्रमुखसहित ९ जना पक्राउ

इटहरी। सुनसरीको इटहरीस्थित एभरेस्ट बैंक शाखाबाट ग्राहकको डेढ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एभरेस्ट बैंक इटहरीका शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय विश्वराज शाक्यलाईसहित ७ जना कर्मचारी र अन्य २ जना गरी ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले जानकारी दिए।

एभरेस्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको डीएसपी राईले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved