निधारको ट्यानिंग हटाउने उपाय

नेपालभ्युज

निधारको ट्यानिंग हटाउने उपाय

एजेन्सी। कोरोना भाइरस र वायु प्रदूषणका कारण हिजोआज धेरै व्यक्ति बाहिर घाममा निस्कँदा मास्क लगाउने गर्दछन् । जसले गर्दा अनुहार त केही भाग ढाकिन्छ तर निधार भने खाली नै हुन्छ । जसले गर्दा घामले डढेर अनुहारको अन्य भागभन्दा कालो भएको हुन्छ । जो हेर्दा एकदमै नराम्रो देखिन्छ ।

यसले अनुहारको सुन्दरतालाई नै कम गर्दछ । निधारको ट्यानिंग कम गर्नका लागि घरमै केही उपायहरू छन्  जसका लागि यस्ता विधि अपनाउन सकिन्छ ।

– निधारको ट्यानिंगले गर्दा समस्यामा हुनुहुन्छ भने दूध र बेसारको पेस्ट बनाएर लगाउन सकिन्छ । एक चुट्की बेसारमा थोरै दूध राखेर पेस्ट बनाउने र उक्त पेस्ट निधारको भागमा लगाउने र सुकेपछि धुनुपर्दछ ।

– बेसनको पेस्ट लगाएर पनि ट्यानिंग हटाउन सकिन्छ । यसका लागि बेसनलाई दूध वा दहीमा मिसाएर पेस्ट बनाएर लगाउन सकिन्छ।

– छालामा निखार ल्याउनका लागि मेवा पनि एकदमै लाभदायक हुन्छ । त्यसैले, मेवा र मह मिसाएर पेस्ट बनाएर जलेको भागमा लगाउन सकिन्छ।

– ओट्स खान जति फाइदाजनक छ लगाउँदा पनि फाइदा हुन्छ । ओट्समा दही मिसाएर स्क्रब बनाएर मसाज गर्दै लगाउन सकिन्छ । हप्तामा एकपटक यसको प्रयोगले पनि फाइदा पुग्छ ।

– ब्लिचिंग गुणले भरपूर कागती र महको मिश्रण पनि निधारको ट्यानिंग कम गर्न सक्छ । त्यसैले, एक चम्चा महमा कागतीको केही रस मिसाएर निधारमा लगाउन सकिन्छ ।

– तपाईंको छाला एकदमै सुख्खा छ भने बदामको तेल पनि प्रयोग गर्न सकिन्छ । त्यसका लागि बदामको तेलमा दूध पाउडर र मह मिसाएर मिश्रण तयार गरेर निधारमा लगाएर २० मिनेटपछि धुने गरे पनि ट्यानिंग हटाउन सकिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved