ह्यारी र मेघनलाई न्युयोर्कमा अपरिचितले २ घण्टासम्म पछ्याएपछि…

नेपालभ्युज

ह्यारी र मेघनलाई न्युयोर्कमा अपरिचितले २ घण्टासम्म पछ्याएपछि…

एजेन्सी । बेलायतको शाही परिवारका राजकुमार ह्यारी र उनकी श्रीमती मेघन मर्केलको कारलाई अमेरिकामा अपरिचित व्यक्तिले २ घण्टासम्म पछ्याएका छन् ।

ह्यारीका प्रवक्ताले समाचार एजेन्सी रोयटर्सलाई भनेका छन्, ‘यो विनाशकारी साबित हुनसक्थ्यो।’ प्रवक्ताका अनुसार प्रिन्स ह्यारी र मेघन मर्केलको कारलाई झण्डै दुई घण्टासम्म पछ्याईयो र सो क्रममा दुर्घटना हुनबाट जोगिएको थियो।

प्रिन्स ह्यारी र मेघनले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ कि मंगलबार राती न्युयोर्कमा उनीहरुको कारको पीछा गर्दा मेघनकी आमा डोरिया पनि त्यसमा थिइन् ।

मेघन र ह्यारी राजा चार्ल्सको राज्याभिषेक पछि पहिलो पटक सार्वजनिक कार्यक्रममा भाग लिएका थिए । प्रिन्स ह्यारीकी आमा राजकुमारी डायनाको सन् १९९७ मा पेरिसमा भएको कार दुर्घटनामा दुःखद मृत्यु भएको थियो ।

डायना चढेको कारलाई कसैले पछ्याएको थियो । यस दुर्घटनामा डायनाका साथी डोडी फयेद र कारका चालक हेनरी पलको पनि मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved