संसदमा प्रधानमन्त्री-सांसद प्रश्नोत्तर हुँदै, र्‍याखर्‍याख पार्ने एमाले र रास्वपाको तयारी

प्रचण्ड नेतृत्वको वर्तमान सरकारसँग रुष्ट भएको नेकपा एमालेले आज प्रश्नमाथि प्रश्न गर्ने योजना बनाएको छ । सकभर प्रधानमन्त्रीलाई जवाफ दिन अफ्ठेरो पर्नेगरी प्रश्नको तयारी गर्न एमालेले सांसदहरुलाई सर्कुलर गरेको छ ।

नेपालभ्युज

संसदमा प्रधानमन्त्री-सांसद प्रश्नोत्तर हुँदै, र्‍याखर्‍याख पार्ने एमाले र रास्वपाको तयारी

काठमाडौं। प्रतिनिधिसभाको विहीबारको बैठकमा प्रधानमन्त्री-सांसद प्रश्नोत्तर कार्यक्रम रहेको छ ।

बैठक विहान ११ बजे संघीय संसद भवन नयाँ वानेश्वरमा सुरु हुनेछ । प्रतिनिधिसभाको नयाँ नियम अनुसार प्रधानमन्त्रीले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिनुपर्छ ।

त्यसै नियमको कार्यान्वयनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन लागेका हुन् ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारसँग रुष्ट भएको नेकपा एमालेले आज प्रश्नमाथि प्रश्न गर्ने योजना बनाएको छ । सकभर प्रधानमन्त्रीलाई जवाफ दिन अफ्ठेरो पर्नेगरी प्रश्नको तयारी गर्न एमालेले सांसदहरुलाई सर्कुलर गरेको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पनि प्रधानमन्त्रीलाई प्रश्न सोध्न आतुर छन् । रास्वपाका सांसदले यसअघिका पटक पटकका वैठकमा प्रधानमन्त्रीको जवाफ मागिसकेका छन् ।

प्रतिनिधि सभा नियमावलीको परिच्छेद ९ को नियम ५६ (५)  भएको व्यवस्थाअनुसार आजको बैठकमा १५ जना सांसदले प्रश्न गर्न पाउने छन्।

प्रश्न गर्न चाहने सांसद्ले विषयवस्तुसहित ३ दिनअगावै जानकारी गराउनुपर्ने छ।

प्रतिनिधि सभाको नियमावलीमा महिनाको एकपटक प्रश्नोत्तर गर्ने सक्ने व्यवस्था उल्लेख भए पनि मौजुदा संसद्मा पहिलोपटक प्रश्नोत्तर हुन लागेको हो।

१५ जना सांसदमध्ये सत्ता साझेदार दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का ३/३जनाले सांसदले प्रश्न गर्न पाउने छन्। अहिलेसम्म सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीका भने १/१ जना सांसदले प्रश्न गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved