पाकिस्तानमा कोइला खानी विवाद, १६ जनाको ज्यान गयो

नेपालभ्युज

पाकिस्तानमा कोइला खानी विवाद, १६ जनाको ज्यान गयो

एजेन्सी। कोइला खानीको स्वामित्वमा भएको विवादमा पाकिस्तानको खाइबर प्रान्तमा १६ जनाको ज्यान गएको छ । कयौँ घाइते भएका छन् ।

कोइला खानी विवाद भएको थियो । विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट प्रहरी कार्यालयलाई उद्धृत गरी अलजजिराले जनाएको छ ।

बुलन्दरी पहाडको सीमाङ्कनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद छ ।दुवै पक्षले आफ्नो अडान नछाडेपछि घटना भएको प्रहरी कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved