खराब मुडलाई ठिक गर्न खानुहोस् यी खाना

नेपालभ्युज

खराब मुडलाई ठिक गर्न खानुहोस् यी खाना

एजेन्सी । कैयौं पटक हर्मोनल परिवर्तन, कामको पे्रसर र थकानका कारण मुडमा परिवर्तन भइरहन्छ । मुड खराब भइरहेको बेला केही खाना छन् जसलाई खाएर पनि मुड ठिक गर्न सकिन्छ ।

केरा

पोषक तत्वले भरिपूर्ण केरा तपाईंको खराब भएको मुडलाई ठिक पार्न सक्छ । त्यसैले दिनभरमा दुई वटा केरा खानाले शरीरलाई आवश्यक पोषक तत्व पाउनुका साथै मुड पनि राम्रो बन्न सक्छ ।

सुन्तला

पोषक तत्वले भरिपूर्ण सुन्तला तपाईं स्वास्थ्यका लागि मात्र नभएर मुडलाई ठिक गर्न पनि काम लाग्छ । त्यसैले मुड खराब भएको बेला सुन्तला खान सक्नुहुन्छ ।

तरभुजा

पानीले भरिपूर्ण तरभुजा शरीरलाई हाइडे«ट राख्नुका साथै स्वस्थ पनि राख्दछ । तर तरभुजाको सेवन गरेमा खराब भएको मुड पनि खुशी हुन सहयोग गर्दछ ।

स्याउ

एन्टीअक्सीडेन्टले भरिपूर्ण स्याउ तपाईंको स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुन्छ । यो फल शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यका लागि पनि एकदमै राम्रो फल मानिन्छ । त्यसैले स्याउ खाएर तपाईं आफ्नो मुडलाई ह्याप्पी बनाउन सक्नुहुन्छ ।

सुख्खा फल

एक मुट्ठी सुख्खा फल जस्तै काजु, बदाम, किसमिस, ओखर आदिको सेवन दैनिक गरेमा मुड सधै खुशी रहिरहन्छ । पोषक तत्वहरुले भरिपूर्ण सुख्खा फलहरु तपाईंको स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक हुन्छ ।

एप्रिकोट

यो आरुलाई सुखाएर बनाइएको फल हो । यो फल तपाईं स्वास्थ्यसँगै छालाका लागि पनि एकदमै फाइदाजनक मानिन्छ । त्यसैले आफूलाई स्वस्थ राख्नका लागि दिनहुँ एप्रिकोटको सेवन गर्न सकिन्छ ।

कागती

कागतीको सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै दिमागलाई पनि ताजा बनाउँछ । यसलाई चिसो पानीसँग पिउने गरेमा दिमाग फ्रेस हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved