हिरासतमै रहेका आङटावाको टाउकोमा कसरी लाग्यो गम्भीर चोट ?

नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीसामु आफैँले आत्मसमर्पण गरेका पूर्वसभासदसमेत रहेका नेपाली कांग्रेसका नेता आङटावा शेर्पाको टाउकोमा गम्भीर चोट देखिएको छ ।

नेपालभ्युज

हिरासतमै रहेका आङटावाको टाउकोमा कसरी लाग्यो गम्भीर चोट ?

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीसामु आफैँले आत्मसमर्पण गरेका पूर्वसभासदसमेत रहेका नेपाली कांग्रेसका नेता आङटावा शेर्पाको टाउकोमा गम्भीर चोट देखिएको छ । सोमबार साँझ प्रहरी परिसर, काठमाडौं पुगेर आत्मसमर्पण गरेका शेर्पाको टाउको गम्भीर चोट देखिएको हो ।

उनी परिसरको हिरासतमै रहेका बेला टाउकोमा गम्भीर चोट देखिएको हो । यसपछि उनलाई ट्रमा सेन्टर लगेर उपचार गरिएको थियो । अहिले उनलाई परिसर नै फर्काइएको छ ।

यसबारे बुझ्न खोज्दा परिसरका प्रवक्तासमेत रहेका एसपी सीताराम रिजालले सोधपुछ भइरहेको बताएका छन् । “चोट कसरी लाग्यो भन्नेबारे हामी पनि सोधपुछ नै गरिरहेका छौँ,” रिजालले भनेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमै भेटेर बयानका क्रममा कांग्रेस नेताहरूको नाम नलिन आग्रह गरेको आरोप शेर्पामाथि छ । मुख्यगरी उनले बालकृष्ण खाणको नाम नलिन पक्राउ परेका अरु बिचौलियालाई भनेका थिए भनेर भनिन्छ । यद्यपि खाण पक्राउ परिसकेका छन् ।

यो प्रकरणमा पक्राउ पर्नेहरूको सङ्ख्या १४ पुगेको छ । आइतबार साँझ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन् । त्यसअघि नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीसमेत रहेका एमालेका उपाध्यक्ष रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईसमेत पक्राउ परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved