एजेन्सी । चुकन्दर र दहीबाट कपालका लागि मास्क तयार गरेर लगाउँदा एकदमै फाइदा हुन्छ । आउनुहोस् जानौं चुकन्दर र दहीको हेयर मास्कबाट कपाललाई हुने फाइदाहरुका बारेमा
-दहीले रुखो कपाललाई मुलायम बनाउने काम गर्छ । साथै चुकन्दरमा पाइने प्रोटिन र अन्य पोषक तत्वले कपाललाई मोइस्चर बनाउँछ साथै कपालको जराहरुलाई पनि बलियो बनाउँछ ।
– कपाललाई चम्किलो तथा मुलायम बनाउनका लागि दही र चुकन्दरको हेयर मास्क एकदमै फाइदाजनक हुन्छ ।
– दहीले कपाललाई प्रदुषण तथा घामको खराब किरणहरुबाट हुने नराम्रो असरबाट बचाउँछ । चुकन्दरले ड्यामेज भएको कपाललाई रिपेयर गर्ने काम गर्छ ।
– साथै यो हेयर मास्कले कपाललाई प्राकृतिक रुपमै कालो र चम्किलो बनाउँछ । साथै चाँडै कपाल फुल्ने समस्यालाई नियन्त्रण गर्छ ।
– दही र चुकन्दर लगाउँदा कपालको जरालाई पनि पोषण मिल्छ जसले गर्दा कपाल बलियो हुन्छ । साथै झर्ने समस्या कम हुँदै जान्छ ।
– यसले टाउकोमा हुने चायाँको समस्या पनि कम गर्दछ । जसले गर्दा तपाईंको टाउको चिलाउने तथा कपाल झर्ने कम हुन्छ ।
हेयर मास्क बनाउने तरिका
एक सय ग्राम दहीमा थोरै चुकन्दरको जुसलाई मिसाउनु होस् । यो मिश्रणलाई हल्का हातले कपाल तथा जरामा लगाउनुहोस् । साथै केहीबेर टाउको मालिस गर्नुहोस् । जसले गर्दा जराभित्रै यसको पोषणहरु पस्ने गर्दछ ।
यसलाई ५–६ मिनेट मालिस गरिसकेपछि आधा घण्टाका लागि यत्तिकै छोड्ने । त्यसपछि माइल्ड स्याम्पुले कपाललाई धुने । हप्तामा २ पटक गर्दा कपालमा छिटै यसको नतिजा देखिन थाल्छ ।
Facebook Comment
Comment