साझाका थप ३ वटा बिजुली बस सञ्चालनमा

नेपालभ्युज

साझाका थप ३ वटा बिजुली बस सञ्चालनमा

काठमाडौं ।  साझा यातायातले सोमवारबाट थप ३ वटा बिजुली बस सञ्चालनमा ल्याएको छ । साझाले सोमवारबाट पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटी दक्षिणढोकासम्मको बिजुली बस सेवा सञ्चालनमा ल्याएको हो । सेवाको सुभारम्भ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरे ।

यसअघि परीक्षणका रुपमा साझाले गत असारदेखि ३ वटा बिजुली बसमार्फत सेवा दिंदै आएकोमा आजबाट भने थप तीन वटा सञ्चालनमा ल्याएको हो । सोमवारबाट सञ्चालनमा ल्याएको रुटमा थप १५ वटासम्म बिजुली बस चलाउने साझाको योजाना छ । साझा यातायातका महाप्रवन्धक महेन्द्रराज पाण्डेले बाँकी आगामी दिनमा थप्दै जाने र सेवालाई थप व्यवस्थित बनाउने योजना रहेको बताए ।

चीनको सीएचटीसी कम्पनीले बनाएको ब्याट्रीबाट चल्ने ४० बस साझाले ६१ हरोड ८३ लाख ४५ हजार ७३२ रुपैयाँको लागतमा किनेको थियो । चार्जिङ स्टेशनको अभावमा ४० मध्ये ६ वटा विद्युतीय बसमात्र सञ्चालित छन् । ३४ वटा विद्युतीय बस अझै थन्किएर बसेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved