एजेन्सी। बेसारमा एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटरी गुण पाइन्छ जो छालाका लागि एकदमै आवश्यक हुन्छ । दिनहुँ अनुहारमा रातमा सुतेको बेला बेसार लगाउँदा अनेकौं फाइदा हुन्छन् । यसले छालामा हुने संक्रमण तथा समस्याबाट पनि छुट्कारा दिन्छ । यसबाहेक बेसारको पेस्टले कस्तो फाइदा दिन्छ त ? आउनुहोस् यसबारे जानौं :
– बेसारमा एन्टिइन्फ्लामेटरी गुण हुन्छ जो अनुहार सुन्निने जस्तो समस्या कम गर्न सहयोगी हुन्छ । यसमा पाइने तत्वले छाला सुन्निएको कम गर्छ र अनुहार राम्रो बनाउँछ ।
– अनुहारमा आएका दाना तथा डन्डीफोरका लागि पनि बेसार लगाउनु एकदमै फाइदाजनक हुन्छ । बेसारले ब्याक्टेरियालाई अनुहारमा आउन दिँदैन ।
– अनुहारमा घामको कारणले आएको कालो दागहरू कम गर्न पनि तपाईं रातभर बेसार लगाउन सक्नुहुन्छ । यसको प्रयोगले विभिन्न खाले दाग र धब्बाहरू कम हुँदै जान्छ ।
– दिनहुँ रातमा बेसार लगाउने गरेमा चाउरीपना पनि कम हुँदै जान्छ । यसले तपाईंको छालाको रंगमा पनि निखार ल्याउने काम गर्दछ ।
– बेसारको प्रयोगले अनुहारमा आएको कालोपनालाई कम गर्दछ र प्राकृतिक चमक ल्याउने काम गर्छ । यसको प्रयोगले छालाको प्राकृतिक गोरोपन आउँछ ।
– अनुहारमा बेसार लगाउने गरेमा छाला कसिलो हुन्छ जसले गर्दा अनुहार जवान देखिन्छ । यदि, सधैं जवान देखिन चाहनुहुन्छ भने रातमा बेसार लगाउने गर्नुहोस् ।
बेसार अनुहारमा लगाउनका लागि एक चम्चा बेसारमा गुलाब जल राखेर पेस्ट बनाउनुहोस् । उक्त पेस्टलाई सम्पूर्ण अनुहार तथा घाँटीको भागमा लगाउनुहोस् । यसलाई तपाईं बिहान उठेर सफा गर्न सक्नुहुन्छ ।
Facebook Comment
Comment