एजेन्सी । के तपाईंलाई रातभर सुतेपछि पनि दिनभर निद्रा लागिरहन्छ ? तपाईं थकान महसुस भइरहन्छ भने आज हामी निद्रा भगाउने उपायबारे बताउनु गइरहेका छौं ।
तपाईंलाई दिउँसोमा पटक पटक निद्रा लागिरहनुको अर्थ रातमा निद्रा पूरा नभएको पनि हुन सक्छ । त्यसैले कम्तीमा पनि ७ देखि ८ घण्टा सुत्ने प्रयास गर्नुपर्दछ । रातमा पूरा निद्रा सुत्नका लागि तपाईंले स्क्रिन टाइम पनि कम गर्नुपर्ने हुन्छ ।
यसका लागि सुत्नुभन्दा एक घण्टा अघि मोबाइल, टिभी आदि डिभाइसहरु बन्द गर्नुहोस् । नियमित रुपमा सही समयमा सुत्ने र सही समयमा उठ्नका लागि अलार्म सेट गर्नुहोस् ।
यदी तपाईं धेरै मात्रामा जंकफुडहरुको सेवन गर्नुहुन्छ भने पनि तपाईंको निद्रामा असर पर्दछ । त्यसैले आहारमा पौष्टिक चिजहरुलाई समावेश गर्नुहोस् । स्वस्थकर विकल्पहरुलाई खानामा समावेश गर्नुहोस् । जसले गर्दा निद्रा पूरा हुन्छ र दिउँसोमा पटक पटक निद्रा लाग्दैन ।
हामीले सोंच्ने गर्छौं दिउँसो १ देखि २ घण्टा सुतेर हाम्रो निद्रा पूरा हुन्छ तर यस्तो हुँदैन । यदी तपाईं दिउँसोमा सुत्ने गर्नुहुन्छ भने त्यो पनि ओभर स्लीपिंगको कारण बन्न सक्छ ।
नियमित रुपमा व्यायाम गरेर आफ्नो शरीरलाई सक्रिय बनाउनु पर्दछ । यदी तपाईं केहीबेर व्यायाम गरेर बिताउनुहुन्छ भने शरीर थाक्ने गर्दछ जसले गर्दा निद्रा आउँछ । त्यसैले दिनहुँ आफ्नो समयतालिकामा व्यायामलाई पनि समावेश गर्नुहोस् ।
यदी तपाईंलाई निद्रा नलाग्ने समस्या छ भने साँझको खानापछि कम्तीमा १५ देखि २० मिनेट हिँड्ने गर्नुहोस् । जसले गर्दा थकान महसुस हुन्छ र समयमै निद्रा लाग्दछ ।
Facebook Comment
Comment