म्याद थपका लागि बालकृष्ण खाणलाई सरकारी वकिलको कार्यालय पुर्‍याइयो

म्याद थपका लागि बालकृष्ण खाणलाई सरकारी वकिलको कार्यालय पुर्‍याइयो

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुर्‍याइएको छ ।

यसअघि उनलाई जिल्ला प्रशासन कार्यालय पुर्‍याइएको थियो । शरणार्थी प्रकरणमा मुछिएपछि खाण गत वैशाख १७ गते पक्राउ परेका थिए ।

नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन् भने पक्राउ पुर्जी जारी भएका कतिपय फरार छन् । खाणसहित पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईलगायतका १२ जना पक्राउ पर्दा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी फरार छन् । रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved