पाकिस्तानका पूर्वप्रधानमन्त्री खान उच्च अदालतको आदेशमा रिहा

नेपालभ्युज

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान उच्च अदालतको आदेशमा रिहा

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान रिहा भएका छन् । यसअघि उनलाई धरौटीमा रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेश दिएको थियो ।

अदालतको संयुक्त इजलासले खानलाई १४ दिनसम्म फेरि पक्राउ नगर्न पनि आदेश दिएको द डनन्यूजले जनाएको छ ।

यसअघि बिहीबार पाकिस्तानको सर्वोच्च अदालतले खानलाई पक्रिनु गैरकानुनी भएको ठहर गर्दै उनको उच्च अदालतमा सुनुवाइ गर्न आदेश दिएको थियो ।

एक मुद्दाको सुनुवाईका लागि इस्लामावाद उच्च अदालत गएका बेला खानलाई प्रहरीले गत मंगलबार पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved