क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक वन अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा

क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक वन अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत । मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार सहायक जिल्ला वन अधिकृत मिश्रविरुद्ध गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मिश्र सेवामा प्रवेश गरेको मिति २०३६ फागुन १० देखि २०७० मंसिर १६ गतेसम्म १ करोड ६९ लाख २० हजार ५३८ रुपैयाँ आर्जन गरेको र त्यसमध्ये ७२ लाख ५२ हजार ४८० रुपैयाँको स्रोत नखुलेको अख्तियारले दाबी गरेको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार मिश्रको वैध आम्दानी ९६ लाख ६८ हजार ५७ रुपैयाँ मात्र हुनेमा उनको खर्च तथा लगानी १ करोड ६९ लाख २० हजार ५३८ रुपैयाँ देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved