सुर्तीजन्य कम्पनीले पसलमा नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गर्न नपाउने

नेपालभ्युज

सुर्तीजन्य कम्पनीले पसलमा नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गर्न नपाउने

काठमाडौं। सुर्तीजन्य कम्पनीहरूले सुर्तीजन्य पदार्थ राखिएका खुद्रा तथा होलसेल पसलहरूमा आफ्नो कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गर्न नपाउने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पसलहरूमा चुरोट, बिँडी, गुटका आदिका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्न आग्रह कम्पनीहरूलाई आग्रह गरेको हो।

कम्पनीहरूले गरेको उक्त कार्य सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ प्रतिकूल रहेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, बिँडी, गुटका आदिका मूल्यसूची उल्लेखित पोस्टर वा वालचार्ट तुरुन्त हटाउन निर्देशन दिएको छ ।

यदि टाँस गरेको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन र जनस्वास्थ्य ऐन बमोजिम सजाय र जरिवाना हुने स्पष्ट गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved