नक्कली शरणार्थी प्रकरणमा मुछिएका सबैलाई कारबाही हुनुपर्छ : डा. कोइराला

नेपालभ्युज

नक्कली शरणार्थी प्रकरणमा मुछिएका सबैलाई कारबाही हुनुपर्छ : डा. कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो जो दोषी भेटिए ती सबैलाई कारबाही हुनुपर्ने बताएका छन् । यसमा राजनीतिक दबाब दिन नहुने उनको भनाइ छ ।

आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा. कोइरालाले नक्कली शरणार्थी प्रकरण देशका लागि लज्जास्पद भएको बताए ।

‘जो-जो दोषी हो, उनीहरू सबैलाई कारबाही हुनपर्छ यसमा ‘यदि’ र ‘तर’ को कुरै छैन,’ डा. कोइरालाले भने, ‘उनीहरूले सजायँ पाउनैपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन ।’

नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूप लिइसकेको बताउँदै उनले प्रहरीले गरिरहेको अनुसन्धान बीचमै नरोकिने विश्वास व्यक्त गरे ।

यो प्रकरणमा गृह मन्त्रालय र प्रहरी प्रशासनले गरिरहेको कामको सह्राना गर्दै उनले भने, ‘यसमा प्रहरीले गरिरहेको अनुसन्धान अब रोकिन्छ भन्ने मलाई चाहिँ लाग्दैन । प्रहरीले यो अनुसन्धान एउटा लेभलसम्म पुर्‍याउँछ, पुर्‍याउँछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved