च्याम्पियन्स लिग फुटबल : रियल मड्रिड र म्यान्चेस्टर सिटीले बराबरी खेले

नेपालभ्युज

च्याम्पियन्स लिग फुटबल : रियल मड्रिड र म्यान्चेस्टर सिटीले बराबरी खेले

एजेन्सी। यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् ।

रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा मंगलबार भएको खेल १-१ को बराबरीमा सकिएको हो ।

रियलका भिनिसियस जुनियरले ३६ औँ मिनेटमा गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर ६७ औं मिनेटमा सिटीका कप्तान इल्काए गुन्डोगनको पासमा केभिन डे ब्रुएनले गोल गरेर खेललाई बराबरीमा ल्याए ।

अब फाइनल प्रवेशको लागि दोस्रो लेग आउँदो हप्ता सिटीको घरेलु मैदान इत्तिहाद स्टेडियममा हुनेछ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved