सिटीले आर्सनललाई ४ अंकले पछि पार्‍यो, उपाधिको सम्भावना बलियो

नेपालभ्युज

सिटीले आर्सनललाई ४ अंकले पछि पार्‍यो, उपाधिको सम्भावना बलियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले दोस्रो स्थानको आर्सनलसँगको दूरी ४ अंकमा पुर्‍याएको छ ।

गएराती लिड्स युनाइटेडला २-१ गोलले हराएसँगै सिटीले उपाधिको सम्भावना बलियो बनाएको हो ।  जितसँगै सिटीले शीर्षस्थानमा स्पष्ट ४ अंककदे अग्रता लिदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

सिटीको ३४ खेलबाट ८२ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको आर्सनलको ७८ अंक छ ।

गएरातिको खेलमा सिटीका लागि जर्मन मिडफिल्डर इल्केए गुन्डोगानको दुई गोल गरे । ८५ औँ मिनेटमा त्यसको रोड्रिगोले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो ।

गएराती नै भएका खेलमा लिभरपुल, चेल्सी, उल्भ्स र टोटनहम विजयी भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved