हेलिकोप्टर दुर्घटना : १ जनाको मृत्यु, अन्य घाइतेलाई काठमाडौं ल्याइयो

नेपालभ्युज

हेलिकोप्टर दुर्घटना : १ जनाको मृत्यु, अन्य घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं। संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए। माथिल्लो अरुण हाइड्रो पावरका सामान सिप्रुङमा लैजाँदै गर्दा सो हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved