प्रिमियर लिगको उपाधि दौड झन रोचक, आर्सनल फेरि शीर्ष स्थानमा

नेपालभ्युज

प्रिमियर लिगको उपाधि दौड झन रोचक, आर्सनल फेरि शीर्ष स्थानमा

एजेन्सी । इंलिस प्रिमियर लिग फुटबलको उपाधि  दौड झन रोचक बनेको छ । गएराति भएको खेलमा आर्सनलले चेल्सीलाई हराउँदै पुन शीर्ष स्थानमा फर्किएसँगै उपाधि दौड झनै रोचक बनेको हो ।

आर्सनलले इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई मंगलबार ३-१ गोलान्तरले पराजित गर्दै फेरि शीर्ष स्थानमा उक्लिएको हो ।

आर्सनलका लागि लिगका पाँच खेलयताकै यो पहिलो जित हो । इमिरेट्समा ओडेगार्डले २ र ग्याब्रिएल जेसिसले एक गोल गरे । दोस्रो हाफमा नोनी माडुकेले चेल्सीका लागि एक गोल फर्काए । यो जितपछि आर्सनल दुई अंकको अग्रताले पहिलो स्थानमा रहेको छ ।

आर्सलनको ३४ खेलमा ७८ अंक छ भने दुई खेल कम खेलेको म्यानचेस्टर सिटीको ३२ खेलबाट ७६ अंक रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved