लामो र चम्किलो कपालका लागि केरा उपयुक्त

नेपालभ्युज

लामो र चम्किलो कपालका लागि केरा उपयुक्त

एजेन्सी।  कपाललाई स्वस्थ तथा बलियो बनाउनका लागि हप्तामा एकपटक हेयर मास्कका साथै डिप कन्डिसनिंग गर्न एकदमै जरुरी छ । तर, यसका लागि सलुनमै गएर पैसा खर्च गर्नुपर्छ भन्ने छैन । हामीले घरमै केराको बोक्रालाई प्रयोग गरेर पनि कपाललाई चम्किलो तथा बलियो बनाउन सक्छौं।

केराको बोक्राको फाइदा

केरामा कैटेचिन जस्तो एन्टीअक्सिडेन्ट्स पाइन्छ । जसले कपाललाई उमेरअघि सेतो हुन, पातलो हुन, रुखो हुनबाट जोगाउँछ । केराको बोक्राबाट बनाइएको पानीले कपालमा चमक पनि ल्याउँछ । त्यस्तै, कपाल चिलाउने, चाया पर्ने तथा टाउको पोल्ने जस्तो समस्याबाट पनि छुट्कारा दिन्छ ।

केराको बोक्राबाट पानी बनाउने तरिका

यसका लागि दुईवटा केराको बोक्रा र तीन कप जति पानी चाहिन्छ । एउटा प्यानमा पानी राखेर केहीबेर उमालेर सेलाउन दिने । उक्त पानीमा दुईवटा केराको बोक्रा राखेर रातभरका लागि त्यत्तिकै छोड्ने । बिहान उक्त पानीलाई चम्चाले राम्रोसँग फिट्ने र उक्त पानी लाई एउटा स्प्रे बोतलमा राख्ने ।

यसरी तयार गरिएको पानीलाई कपालमा स्प्रे गर्दै तथा मसाज गर्दै लगाउने । यो पानी लगाएपछि कपाल केहीबेर यत्तिकै राख्ने र माइल्ड स्याम्पुले नुहाउने । त्यस्तै, नुहाइसकेपछि भिजेको कपालमा यो पानीलाई लगाउन पनि सकिन्छ । यसरी लगाएर २० मिनेटर राखेपछि फेरि सफा पानीले कपाल धुने गर्दा फाइदा हुन्छ ।

यसलाई कम्तीमा पनि १५ दिनमा दुईपटकसम्म लगाउने गरेमा कपालमा परिवर्तन देखिन थाल्नेछ । यसरी केरा खाइकेपछि बोक्रालाई नफाली यसको प्रयोगले कपाल सुन्दर तथा बलियो बनाउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved