मानव तस्करी आरोपमा पूर्वगृहमन्त्रीका सल्लाहकार राई पक्राउ

पाँच करोड असुलेको प्रहरीको दाबी

नेपालभ्युज

मानव तस्करी आरोपमा पूर्वगृहमन्त्रीका सल्लाहकार राई पक्राउ

काठमाडौं। पूर्वमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘बादल’ गृहमन्त्री हुँदा राई सुरक्षा सल्लाहकार रहेका थिए ।

यो प्रकरणमा यसअघि प्रहरीले अरू पाँच जनालाई पक्राउ गरिसकेको छ । यसअघि, दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेका थिए ।

राईसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् ।

राईले त्यसबेला पटक–पटक गरेर ५ करोड रुपैयाँभन्दा बढी लिएको खुलेको छ ।  बादल २०७४ फागुन १४ गतेदेखि २०७८ जेठ ६ गतेसम्म गृहमन्त्री रहेका बेला राई सल्लाहकार थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved