काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको नेपाल र यूएईबीचको फाइनल खेल वर्षाको कारण प्रभावित भएको छ।
पहिले ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा वर्षाको कारण खेल प्रभावित भएको हो। यसअघि १६.५ विकेटमा यूएईले ६० रन बनाउँदा वर्षाको कारण पनि रोकिएको थियो।
यससँगै सोमबार ३ बजेसम्म वर्षा रोकिएमा खेललाई २० ओभरमा सिमित गरी खेलाइनेछ। त्यस्तो गर्न नसके मंगलबार प्रतियोगिताको ‘रिजर्भड डे’ मा खेललाई अवरोध भएको स्थानबाट नै पुनः सुचारु गराइने छ।
यस्तै, वर्षाको कारण मङ्गलबार पनि खेल प्रभावित भएमा खेल सुपरओभरमा प्रवेश गर्नेछ। सुपर ओभर टाई भएको खण्डमा भने दोस्रो सुपर ओभर खेलाइनेछ। सुपरओभर गराउन नसक्ने अवस्थामा भने आईसीसीको एकदिवसीय वरीयताको आधारमा एसिया कप पुग्ने टोली चयन गरिनेछ।
यदि, यस्तो भएमा नेपाल एसिया कपमा पुग्ने सम्भावना बढी रहेको छ। आईसीसी वरीयतामा नेपाल १४औं स्थानमा छ भने यूएई १९औं स्थानमा छ।
Facebook Comment
Comment