सरस्वतीनगर हत्या प्रकरण: निराको हत्या आरोपीलाई काठमाडौं ल्याइयो, आजै सार्वजनिक गरिने

झापाबाट पक्राउ परेका काठमाडौं ल्याइएका विकलाई आजै प्रहरीले सार्वजनिक गर्ने जनाएको छ। सीआइवीले साढे २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ।

नेपालभ्युज

सरस्वतीनगर हत्या प्रकरण: निराको हत्या आरोपीलाई काठमाडौं ल्याइयो, आजै सार्वजनिक गरिने

काठमाडौं। काठमाडौंको सरस्वतीनगरमा १० दिनअघि भएको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई काठमाडौं ल्याइएको छ। झापाबाट पक्राउ परेका काठमाडौं ल्याइएका विकलाई आजै प्रहरीले सार्वजनिक गर्ने जनाएको छ। सीआइवीले साढे २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ।

७ वैशाखमा काठमाडौंको सरस्वतीनगरमा भएको नीरा पाण्डे आचार्यको हत्या भएको थियो। अभियुक्तले हत्यादेखि लुटपाट ८ मिनेटभित्र गरेको खुलेको छ। हत्यामा संलग्न भएका भनिएका विनोद विकले प्रारम्भिक बयानमा ती कुरा खुलाएका हुन्।

प्रहरीले लुटपाटको उद्देश्यले हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। हत्यापछि लुटिएको सुनको सिक्री बेचिएको थियो। बानेश्वरको एक पसलबाट बेचिएको सिक्री प्रहरीले फिर्ता ल्याएको छ।

उनले आफ्नो हुलिया चिन्न गाह्रो पर्नेगरी अनुहारमा मास्क लगाएका थिए। सीसी क्यामेरा फुटेजमा पनि राम्रोसँग खुल्न सकेको थिएन। प्रहरीले धेरै मेहनत गरेर उनको अनुहारको पहिचान गरेको थियो। विनोदले हत्या गर्नुको थप कारणबारे अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved