चट्याङ पर्दा एउटै फर्मका ५४ वटा भेडा मरे, सुसारे घाइते

नेपालभ्युज

चट्याङ पर्दा एउटै फर्मका ५४ वटा भेडा मरे, सुसारे घाइते

पाँचथर। पाँचथरको फालेलुङ गाउँपालिका–३ मा चट्याङ पर्दा एउटै फर्मका ५४ वटा भेडा मरेका छन् । चट्याङ लागेर स्थानीय प्रकाश राई, टेकबहादुर गुरुङ र सुरेन्द्र आङ्बोको फर्ममा रहेका  १२ वटा भेडा भने घाइते भएका छन् ।

भेडा फर्मको स्याहार सुसारमा जुटेका याङबरक–३ निवासी प्रेम राई सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

राईलाई शरीरमा बाहिरी चोट नदेखिए पनि शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पारी उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

भेडा मर्दा किसानलाई १५ लाखभन्दा धेरैको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

चट्याङ लागेर मरेका भेडा । तस्वीरहरू : जिल्ला प्रहरी कार्यालय पाँचथर

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved