भ्रष्टाचार नियन्त्रणका लागि सबै क्षेत्रलाई सक्रिय हुन मन्त्री शर्माको आग्रह

नेपालभ्युज

भ्रष्टाचार नियन्त्रणका लागि सबै क्षेत्रलाई सक्रिय हुन मन्त्री शर्माको आग्रह

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि सबै क्षेत्रलाई सक्रिय हुन आह्वान गरेकी छन् ।

बलियो कानुन बनाएर मात्रै भ्रष्टाचार नियन्त्रण नहुने भएकाले त्यसमा सबै राजनीतिक दल, सामाजिक संघ, संस्थाहरुले साझा संकल्प लिएर अघि बढनुपर्ने मन्त्री शर्माको भनाई थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले भ्रष्टाचारलाई सदाका निम्ति अन्त्य गर्नुपर्ने आवश्यक्ता समेत औंल्याईन् ।

मन्त्री शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राम्रालाई प्रोत्साहित गर्ने र नराम्रालाई दण्डित गर्ने कुरालाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताईन् ।  ‘सदाचारीहरुलाई समाजमा स्थापित गर्ने, सम्मानित गर्ने र एउटा व्यक्तिले भ्रष्टाचार गर्‍यो भने त्यो क्षेत्रका सबै बदनाम हुने जुन अवस्था छ   त्यो अवस्थाको अन्त्य कसरी गर्ने काम गर्नुपर्दछ’ मन्त्री शर्माले भनिन्, ‘जुनसुकै क्षेत्रमा राम्रा र नराम्रा पक्ष हुन्छन । राम्रोलाई प्रोत्साहित गर्ने र नराम्रालाई दण्डित गर्नु पर्दछ भन्ने कुराको एउटा व्यवहारिक र वास्तवमा यो भ्रष्टाचार रोक्ने हो भने कानुनले मात्रै हुँदैन । समाजका सम्पूर्ण अवयवहरु सक्रिय हुुनु पर्छ । हामी सबै सक्रिय भएर लाग्नु पर्दछ ।’

उनले अगाडी भनिन, ‘सकेसम्म कसैले पनि कानुनमा हुने कमजोरीलाई समातेर भ्रष्टाचारीहरु नउम्किउन । त्यो ढंगले बलियो कानुन बनाउनु पर्छ भन्ने कुरा साँचो हो । त्यो बनाउनु पर्छ । तर कानुनले मात्रै सम्पूर्ण रुपमा भ्रष्टाचारको अन्त्य गर्न सक्दैन भन्ने कुरा पनि साँचो हो ।’

मन्त्री शर्माले भ्रष्टाचार नियन्त्रणका लागि दृढतापूर्वक अघि बढनुपर्नेमा पनि जोड दिईन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved