तनहुँमा स्वर्णिमको फराकिलो अग्रता कायमै

नेपालभ्युज

तनहुँमा स्वर्णिमको फराकिलो अग्रता कायमै

काठमाडौं । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ । पछिल्लो विवरण अनुसार उनले २७ हजार ९ सय ८७ मत पाएका छन् ।

५२ हजार भन्दा धेरै मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १५ हजार ९ सय ६९ मत मात्रै पाएका छन् । तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का सर्वेन्द्र खनालले ७ हजार ३ सय ७९ मतसहित भट्टराईलाई पछ्याएका छन् ।

यो निर्वाचन क्षेत्रको ४२ वडामध्ये ३७ वडाको मतगणना सकिएको छ । तनहुँ क्षेत्र नम्बर १ मा ६३ हजार ७ सय ५७ मत खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved