उपनिर्वाचन परिणाम : स्वर्णिमलाई सुरुवातमै फराकिलो अग्रता

नेपालभ्युज

उपनिर्वाचन परिणाम : स्वर्णिमलाई सुरुवातमै फराकिलो अग्रता

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले सुरुवातदेखि नै अग्रता लिएका छन् । उनले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

अहिलेसम्म भानु नगरपालिका-१० र आँबुखैरेनी गाउँपालिका-१ को ३२१६ मत गन्दा वाग्लेले १९११ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८२७ मत ल्याएका छन् ।

नेकपा एमालेका सर्वेन्द्र खनाल भने फराकिलो अन्तरले पछि परेका छन् । उनले ३८३ मत पाएका छन् । तनहुँ-१ मा  ६३ हजार ७ सय ५७ मत खसेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved