पन्जाबबाट पक्राउ परे खालिस्तान माग्दै फरार रहेका अमृतपाल सिंह

उनी पक्राउ परेसँगै दङ्गा हुन सक्ने भन्दै सबै समुदायलाई शान्ति कायम राख्न आग्रह

भारतबाट पन्जाब राज्य टुक्राएर छुट्टै खालिस्तान राष्ट्र बनाउने अभियानको नेतृत्व गरिरहेका अमृतपाल सिंह पक्राउ परेका छन्। उनले आज बिहान पन्जाब प्रहरी कहाँ पुगेर आत्मसमर्पण गरेको र त्यसपछि उनलाई पक्राउ गरिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

नेपालभ्युज

पन्जाबबाट पक्राउ परे खालिस्तान माग्दै फरार रहेका अमृतपाल सिंह

काठमाडौं। भारतबाट पन्जाब राज्य टुक्राएर छुट्टै खालिस्तान राष्ट्र बनाउने अभियानको नेतृत्व गरिरहेका अमृतपाल सिंह पक्राउ परेका छन्। उनले आज बिहान पन्जाब प्रहरी कहाँ पुगेर आत्मसमर्पण गरेको र त्यसपछि उनलाई पक्राउ गरिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

उनी पक्राउ परेसँगै दङ्गा हुन सक्ने भन्दै प्रहरीले सबै समुदायलाई शान्ति कायम राख्न अनुरोध गरेको छ। उनी मार्च १८ देखि फरार थिए।
३० वर्षीय सिंहले पन्जाबलाई सिखहरूको लागि छुटै ’खालिस्तान’ राष्ट्र बनाउनुपर्ने माग गर्दै आएका छन्। उनीविरुद्ध भारतमा राज्य विप्लव विरुद्धको आरोपदेखि ज्यान मार्ने उद्योग लगायतका विभिन्न आरोपहरू रहेका छन्।

भारतमा उनीविरुद्ध सुरक्षा एजेन्सीहरू आक्रमक भएपछि बेलायत, अमेरिका र क्यानडामा ’खालिस्तान मुभमेन्ट’ फेरि सक्रिय बनेको थियो। बेलायतस्थित भारतीय राजदूतावास बाहिर खालिस्तानको माग गर्दै प्रदर्शनसमेत भयो। प्रदर्शनका क्रममा केही खालिस्तान अभियन्ताहरुले दूतावासबाट भारतीय झण्डा निकालेर खालिस्तानी झण्डा राख्ने प्रयाससमेत गरेका थिए।
यसबिच अमृतपाल नेपालमा आउन सक्ने भन्दै भारतीय दूतावास नेपाल सरकारलाई पत्र लेख्दै सुरक्षा व्यवस्था कडा बनाउन अनुरोध गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved