सन्दीपको विश्व कीर्तिमान : एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १ सय विकेट

रासिदको कीर्तिमान तोडियो

सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १ सय विकेट लिने कीर्तिमान बनाएका छन् । 

नेपालभ्युज

सन्दीपको विश्व कीर्तिमान : एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १ सय विकेट

काठमाडौं। सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १ सय विकेट लिने कीर्तिमान बनाएका छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा सन्दीपले आफ्नो सयौँ विकेट पुरा गरेका हुन्।

यससँगै ४२ औँ खेलमा सय विकेट पुरा गर्दै सन्दीपले ‘सबै भन्दा छिटो १०० विकेट’ पुरा गर्ने कीर्तिमान बनाएका हुन् ।

सन् २०१८ मा वेस्टइन्डिजविरुद्ध अफगानिस्तानका राशिद खानले बनाएको ४४ खेलमा १०० विकेटको  कीर्तिमान सन्दीपले तोडेका हुन्।

साथै नेपालबाट १०० विकेटको कोशेढुङ्गा पार गर्ने सन्दीप पहिलो खेलाडी बनेका छन्।

सन्दीपले १२.३ ओभरमा २ रन खर्चेर एए सफिकलाई आउट गर्दै सयौँ विकेट पुरा गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved