डढेलो नियन्त्रण गर्दा जलेर एक जनाको मृत्यु, केही घाईते

जलेर गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको शुक्रबार बिहान उपचारका क्रममा पाल्पाको मिशन अस्पतालमा मृत्यु भएको हो।

नेपालभ्युज

डढेलो नियन्त्रण गर्दा जलेर एक जनाको मृत्यु, केही घाईते

काठमाडौं। गुल्मीमा डढेलो नियन्त्रण गर्ने क्रममा जलेर एक जनाको मृत्यु र एक जना घाइते भएका छन्।

जलेर गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको शुक्रबार बिहान उपचारका क्रममा पाल्पाको मिशन अस्पतालमा मृत्यु भएको हो।

बिहीबार राति परिवारका सदस्यका साथमा स्थानीय बर्दवास जङ्गलमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा दीपक गम्भीर घाइते भएका थिए। उनलाई राति नै गुल्मी अस्पताल तम्घास ल्याइएको थियो। यहाँ उपचार हुन नसेकपछि राति नै पाल्पा पठाइएको थियो।
यस्तै‚ डढेलो नियन्त्रण गर्ने क्रममा ५५ वर्षीय धनबहादुर जोगी कुँवर घाइते भएका छन्।

दुई सातादेखि गुल्मीका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनमा लागेको डढेलो नियन्त्रण गर्ने स्थानीयवासी, जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलाई हम्मेहम्मे भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved