आज र भोलि वर्षाको सम्भावना, तुवाँलो केही घटेर आकाश खुल्न सक्ने

पश्चिमी वायुको प्रभावका कारण आज र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मौसम बदलीसँगै हल्का पानी पर्ने सम्भावना छ।

नेपालभ्युज

आज र भोलि वर्षाको सम्भावना,  तुवाँलो केही घटेर आकाश खुल्न सक्ने

काठमाडौं। पश्चिमी वायुको प्रभावका कारण आज र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मौसम बदलीसँगै हल्का पानी पर्ने सम्भावना छ।

काठमाडौं उपत्यका र अरू प्रदेशका पहाडी क्षेत्रमा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना छ। पानी परेपछि डढेलो, प्रदूषण र तापक्रम घट्ने मौसमविद्को अनुमान छ। आज तराईका केही ठाउँमा हावाहुरीको सम्भावना छ।

पानी नपरेका कारण केही दिनदेखि देशका धेरै ठाउँमा डढेलोको घटना बढेको छ। डढेलोकै कारण काठमाडौं उपत्यकासहितका ठाउँमा प्रदूषण पनि बढेको छ। प्रदूषण बढेपछि विभिन्न ठाउँमा हवाई सेवा प्रभावित हुँदैआएको छ।
पानी र हावा हुरीले मौसम सफा बनाउन सक्ने आकलन छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved