ट्विटरको भेरिफाइड एकाउन्टबाट ब्लु टिक हट्यो, वार्षिक ८४ डलर तिरेर लिन सकिने

बिहीबार मध्यरातिदेखि लागु हुने गरी ट्विटरले अनपेड एकाउन्टको ब्लू टिक हटाएको छ। ट्विटर प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लु टिक बिहीबार मध्यरातीबाट हटेको हो।

नेपालभ्युज

ट्विटरको भेरिफाइड एकाउन्टबाट ब्लु टिक हट्यो, वार्षिक ८४ डलर तिरेर लिन सकिने

काठमाडौं। बिहीबार मध्यरातिदेखि लागु हुने गरी ट्विटरले अनपेड एकाउन्टको ब्लू टिक हटाएको छ। ट्विटर प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लु टिक बिहीबार मध्यरातीबाट हटेको हो।

यसबारे कम्पनिका मालिक एलन मस्कले गत साता गरेको घोषणा गरेका थिए।
जसका कारण हजारौं नेपाली प्रयोगकर्ताको पनि ट्विटर एकाउन्टबाट ब्लु टिक हटेको छ ।

मस्कले गत अप्रिल १२ मा गरेको घोषणा अनुसार २० अप्रिल पछि पैसा नतिर्ने एकाउन्टको ब्लू टिक हटने जनाएका थिए। उनले ब्लु टिक लिने भए निश्चित रकम तिनुपर्ने जनाउँदै आएका छन्। उनले ब्लू टिक चाहिएमा मासिक शूल्क तिर्नुपर्ने यसअघि नै बताएका थिए ।

ट्वीटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत ब्यक्तिहरुको एकाउन्टलाई ब्लू टिक प्रदान गरेको थियो। त्यसका लागि कुनै पनि शूल्क लिने गरिएको थिएन।
तर, मस्कले ट्विटर किनेपछि कम्पनीले विभिन्न ठूला परिवर्तन गर्ने क्रम भेरिफाइड एकाउन्टवाट ब्लु टिक हटाईदिएर शुल्क तिर्न दबाब बढाएको हो। नेपालमा ब्लू टिक लिनका लागि अब वार्षिक ८४ डलर तिर्नु पर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved