कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु

नेपालभ्युज

कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु
फाइल तस्वीर

काठमाडौं । कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको जनाएको हो ।

यस्तै, मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीसीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो।

यस्तै, कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइसोलेसनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved