लन्डन म्याराथनमा भाग लिने नेपाली भेट्रान खेलाडी

नेपालभ्युज

लन्डन म्याराथनमा भाग लिने नेपाली भेट्रान खेलाडी

काठमाडौं। लन्डन म्याराथनमा सहभागी हुन ३ पुरुष भेट्रान खेलाडीसहित ४ सदस्यीय नेपाली भेट्रान टोली बुधबार लन्डन जाने भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबीच टोलीलाई बैकुण्ठ मानन्धर खेलकुद नेपालले बिदाइ गरेको हो।

रामकृष्ण महर्जनले ६५–७० वर्ष, शम्भुप्रसाद दाहालले ६१–६५ वर्ष र सञ्जीव अर्यालले ४०–४५ वर्ष उमेरसमूहमा दौड्ने छन् । सबैले फुल म्याराथनमा भाग लिने छन् । अफिसियलमा राधा महर्जन छिन् ।

सबैसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । त्यसमध्ये सबैभन्दा बढी अनुभवी रामकृष्ण हुन् । उनले लन्डन म्याराथनअघि विभिन्न २१ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन्।

सहभागिता जनाएको प्रतियोगितामा हालसम्म रामकृष्णले विभिन्न स्पर्धामा ३ स्वर्ण, ३ रजत र ४ कांस्य पदक जितेका छन् । रामकृष्णले सहभागिता जनाएको प्रतिष्ठित म्याराथनमा बोस्टन, बर्लिन, टोकियो, सिकागो र न्युयोर्क सिटी म्याराथन छन् ।

बैकुण्ठ मानन्धर खेलकुद नेपालका अध्यक्ष दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धर, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्री, एथलेटिक्सकर्मी लगायतले सोमबार टोलीलाई बिदाइ गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved