‘गौरबका आयोजनाहरू सुरू हुने, अन्त्य कहिल्यै नहुने प्रवृत्तिको समाप्ति हुँदैछ’   

सरकारले गौरबका आयोजनाहरू सुरू हुने तर, कहिल्यै अन्त्य नहुने प्रवृत्ति देखिएको भन्दै त्यसको समाधान चाँडै हुने बताएको छ ।

नेपालभ्युज

‘गौरबका आयोजनाहरू सुरू हुने, अन्त्य कहिल्यै नहुने प्रवृत्तिको समाप्ति हुँदैछ’   

काठमाडौं । सरकारले गौरबका आयोजनाहरू सुरू हुने तर, कहिल्यै अन्त्य नहुने प्रवृत्ति देखिएको भन्दै त्यसको समाधान चाँडै हुने बताएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेकी सरकारका प्रवक्ता रेखा शर्माले भनेकी छन्, ‘आयोजनाहरू सुरूचाहिँ हुन्छन्, तर अन्त्यचाहिँ कहिल्यै हुँदैनन् । यसको समाधान चाँडै हुन्छ ।’

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा पेश भएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०६७/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्याङ्कन प्रतिवेदन २०७९ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा शर्माले यस्तो प्रवृत्ति हाबी हुँदै गएकोप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै यसको समाधान चाँडै हुने विश्वस्त गराइन् ।

यसमा सार्वजनिक खरिद ऐनकै कारण पनि कतिपय कामहरूमा ढिलासुस्ती भइरहेको शर्माले स्वीकारिन् । “त्यसलाई सुधार गर्नका लागि छलफल भइरहेको छ । मन्त्रिपरिषद्‌मा पनि यसबारे गम्भीररूपमा छलफल भइरहेकै यो चाँडै सच्चिनुपर्ने विषय हो । ऐनलाई संशोधन गरेर आयोजनाहरू चाँडै सकाउनेगरी कामहरू हुनुपर्छ,” उनले भनेकी छन् ।

यस्तै उनले कर्मचारी समायोजन र सङ्घीय निजामती ऐन चाँडै टुङ्गिने बताइन् । प्रक्रिया पूरा हुने क्रममा रहेको उल्लेख गर्दै उनले भनेकी छन्, ‘यो अहिले कानून मन्त्रालय पुगेको छ । अब चाँडै संसद्‌मा आउँछ । यसलाई चाँडै टुङ्ग्याउने काम हुन्छ,’ शर्माले भनेकी छन् ।

कर्मचारीहरूको सरुवा छिटो-छिटो भएको स्वीकार्दै शर्माले भनिन्, ‘यो विषय सङ्घीय निजामती विधेयकमा आउनुपर्ने विषय हो । आउँछ, यसले चाँडै पूर्णता पाउँछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved