सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार : अख्तियारले हाल्यो ९ जनाविरुद्ध मुद्दा

साढे २ अर्ब भन्दा धेरै अनियमितता भएको ठहर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

नेपालभ्युज

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार : अख्तियारले हाल्यो ९ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल लगायतविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारको आरोपपत्रमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल, सि.डि.ई., इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लि., मेपटेक विल्डिंग सर्भिसेस प्रा.लि., परामर्शदाता वास्तुशिल्प एसोसिएट्स समेतका निर्देशकविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याएर भ्रष्टाचार गरेको उल्लेख छ ।

पौडेलले राज्यकोषमा ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ नोक्सान गरेको अख्तियारको ठहर छ । मुद्दामा सबै ९ जनाविरुद्ध कुल २ अर्ब ६९ करोड भन्दा बढी विगो कायम गरेर जरिवाना र कैद सजाय मागदाबी गरिएको छ ।

सुरक्षण मुद्रण केन्द्रले प्रेस खरिद गर्दा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक देशमा बनेको जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौता बमोजिम कामै नगरी संरचना संचालनवापत र आपूर्ति पछिको सेवावापत अग्रीम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने बुल्क फ्युल ट्याङ्क सिस्टम खरिद गर्ने जस्ता कार्यबाट ठुलो अनियमितता भएको अख्तियारले उल्लेख गरेको छ ।

अख्तियारले सिडिइ नविन कुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख, सहायक निर्देशक रमेश कुमार पोख्रेलविरुद्ध २० करोड ३८ लाख, निर्देशक भुवन महर्जनविरुद्ध ४३ करोड ५७ लाख, शाखा अधिकृत शिरिष उपाध्यायविरुद्ध ४० करोड, इन्जिनिरयरिङ मार्केटिङ कन्सर्नका प्रवन्ध निर्देशक रोहितमान प्रधानविरुद्ध २३ करोड ४४ लाख विगो कायम गरेर सोही अनुसार जरिवाना र कैद सजायको माग गरेको छ ।

प्रेस खरिदका बेला तत्कालिन संचारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिशन डिल गरेको अडिओ बाहिर आएको थियो । तर अख्तियारले यो मुद्दामा बाँस्कोटालाई भने उन्मुक्ति दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved